सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा साढे दुई लाख बढीको सामान बरामद

२०८३ कार्तिक १८, ०८:५८ खबर संवाददाता

धनगढी: कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका दुई लाख ५६ हजार रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।

जिल्लाका विभिन्न स्थानबाट मंगलबार प्रहरीले दुई लाख ५६ हजार ५० रुपैयाँ बराबरका विभिन्न किसिमका कपडा, किराना सामान र नम्बर प्लेट नभएको एउटा मोटरसाइकल बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारेको थियो। बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस