कैलालीको धनगढीबाट बाजुराका एक युवक लागूऔषधसहित पक्राउ
२०८२ माघ ५, ०८:१४
धनगढीः कैलालीको धनगढीबाट बाजुराका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट नजिकबाट बाजुराको त्रिबेणी नगरपालिका–४ बस्ने २७ वर्षीय नवराज साउद लागूऔषधसहित पक्राउ परेका हुन्। साउदलाई १०० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस