कैलालीमा अपराह्नसम्म ५१ प्रतिश मत खस्याे
धनगढी: कैलालीमा अपराह्नसम्म ५१ प्रतिशत मत खसेको छ ।
जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा गरी अहिलेसम्म २ लाख ८२ हजार २५४ मत (५१ प्रतिशत) खसेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए।
पछिल्लो विवरण अनुसार निर्वाचन क्षेत्र न १ मा ५४ हजार २४२ मत, क्षेत्र न २ मा ५१ हजार ९४२ मत, क्षेत्र न ३ मा ५६ हजार ८३ मत, क्षेत्र न ४ मा ५७ हजार १५ मत र क्षेत्र न ५ मा ६२ हजार ९६९ मतदान भएको छ ।
कैलालीमा ६४१ मतदान केन्द्रमा मतदान जारी छ । कैलालीमा ५ लाख ५१ हजार मतदाता रहेका छन् ।