सुदूर नेपाललाई विश्वसँग जोड्दै

१४ वर्षीय बालक शुभम जोशी सम्पर्कविहीन, खोजीका लागि परिवारको आग्रह

२०८२ फाल्गुन २१, ०७:०७ खबर संवाददाता

धनगढी: धनगढीका १४ वर्षीय बालक शुभम जोशी सोमबार साँझदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार उनी मिति २०८२ फागुन १७ गते साँझ करिब ४:०० बजेदेखि घरबाट निस्किएपछि हालसम्म सम्पर्कमा नआएको जनाइएको छ।

बालक हराएपछि परिवारजनले खोजीकार्य जारी राखेका छन्। उनलाई कसैले देखेमा वा भेट्टाएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन वा परिवारका सदस्यलाई तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ।
सम्बन्धित व्यक्तिलाई देख्नु हुने वा कुनै जानकारी प्राप्त भएमा ९८१५६२३८८४ वा ९८६४६१०६६३ नम्बरमा सम्पर्क गरी सहयोग गरिदिन परिवारले सबैमा हार्दिक अपिल गरेको छ।
परिवारका अनुसार बालकको खोजीमा सहयोग गर्ने सबैप्रति उनीहरू आभारी रहने बताएका छन्।

कमेन्ट लोड गर्नुस