सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता

२०८२ फाल्गुन २२, ०६:३८ खबर संवाददाता

काठमाडौंः नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी रुकुम पूर्व बाट १० हजार २४० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उक्त निर्वाचन क्षेत्रमा नेकपा ९एमाले० का उम्मेदवार लिलामणि गौतम ले ३ हजार ४६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस की उम्मेदवार कुशुमदेवी थापा ले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यससँगै प्रतिनिधिसभा निर्वाचनमा नेकपाले जितको खाता खोलेको छ।
 

कमेन्ट लोड गर्नुस