सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

२०८२ फाल्गुन २२, ०६:४५ खबर संवाददाता

काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्।

उनी २४ हजार ५९२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरे।

यस्तै, नेपाली कांग्रेसका सपना राजभण्डारीले २ हजार ८३५, नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नविन शाहीले एक हजार ९०९ मत प्राप्त गरे।

कमेन्ट लोड गर्नुस