नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजदेखि सुरु हुने
धनगढीः नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने भएको छ।
नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा बिहीबारदेखि मङ्सिर २४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ। बुधबार आयोजकले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। मङ्सिर १० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेले कैलालीको धनगढीको फाप्ला क्रिकेट मैदान र कञ्चनपुरको कर्भड हलको खेल मैदानमा हुनेछन्।
प्रतियोगितामा सातै प्रदेशका टोली सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए। प्रतियोगिताको समुद्घाटन बिहीबार (आज) बिहान ९ बजे नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको प्रमुख आतिथ्यतामा हुनेछ। उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी भिड्ने भएका छन्।