सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका तीन क्षेत्रमा रास्वपाको अग्रता, एक–एक क्षेत्रमा एमाले र नेकपा अगाडि

२०८२ फाल्गुन २२, ०७:४९ रासस

सुदूरपश्चिम: प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा कैलालीका पाँचमध्ये तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने एक–एक क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी अगाडि देखिएका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका कोमल ज्ञवालीले अग्रता बढाएका छन्। सुरुआतमा अगाडि रहेका नेपाली कांग्रेसका जनकराज चौधरीलाई पछि पार्दै ज्ञवालीले २ हजार ७२४ मत प्राप्त गरेका छन्। चौधरीले २ हजार ५७६ मत पाएका छन्। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार फागुराम चौधरी छन्, जसले १ हजार ५८७ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कैलाली क्षेत्र नम्बर २ मा एमालेका सूर्यबहादुर शाह ९३२ मतसहित अगाडि छन्। उनलाई कांग्रेसका विजयबहादुर स्वाँरले ८१० मत र नेकपाका नन्दबहादुर साउदले ८०५ मतसहित पछ्याइरहेका छन्।

कैलाली क्षेत्र नम्बर ३ मा नेकपाका वीरमान चौधरी ९४२ मतसहित पहिलो स्थानमा छन्। उनलाई रास्वपाका जगत जोशीले ८६२ मत र नागरिक उन्मुक्ति पार्टीका विक्रम चौधरीले ८१५ मतसहित पछ्याइरहेका छन्।

क्षेत्र नम्बर ४ मा रास्वपाका खेमराज कोइरालाले १८४ मतसहित सुरुआती अग्रता लिएका छन्। कांग्रेसका गोरखबहादुर विष्टले १३२ मत र एमालेका लेखराज भट्टले १०६ मत प्राप्त गरेका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ९धनगढी क्षेत्र० मा रास्वपाका आनन्दबहादुर चन्द सुरुदेखि नै अगाडि छन्। पछिल्लो मतगणनाअनुसार उनले ६ हजार ७३ मत प्राप्त गरेका छन्। उनलाई कांग्रेसका नरनारायण शाहले २ हजार ३४८ मत र एमालेका यज्ञराज ढुङ्गानाले १ हजार ५२० मतसहित पछ्याइरहेका छन्।
 

कमेन्ट लोड गर्नुस