बाजुरामा मत गणना सुरु
बाजुराः बाजुरामा प्रतिनिधिसभा सदस्यको निर्वाचनको मत गणना सुरु भएको छ ।
आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयअनुसार आज बेलुकी ७ बजेदेखि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए।
उनकाअनुसार ११८ मतदान केन्द्रको मतपेटिका मत गणनास्थलमा ल्याइसकेपछि हिमाली गाउँपालिकाबाट मत गणना सुरु गरिएको हो । जिल्लामा ८७ हजार ८६१ मतदाता कायम रहेकामा ५१ दशमलव ६६ प्रतिशत अर्थात् ४५ हजार ३० मत खसेको थियो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।