कैलाली–४ मा रास्वपाका खेमराज कोइराला अगाडि, ९ सय मत गणना
धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा हालसम्म ९ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
क्षेत्र अन्तर्गत गोदावरी नगरपालिका–१ को मतगणनाअनुसार रास्वपाका उम्मेदवार खेम राज कोइरालाले ५०१ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६२ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ, जसले ४४ मत पाएको छ।
स्वतन्त्र उम्मेदवार छत्र भट्ट ३३ मतसहित चौथो स्थानमा छन्। नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का उपमहासचिव लेखराज भट्ट भने ३० मतसहित पाँचौँ स्थानमा रहेका छन्।
यसैगरी श्रम संस्कृत पार्टीले १८ मत, नेपाल कम्युनिस्ट पार्टीले १३ मत र नागरिक उन्मुक्ति पार्टीले ७ मत प्राप्त गरेका छन्।