सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै समृद्धि हासिल गर्न प्रतिवद्ध छाैँः भारतका प्रधानमन्त्री माेदी

२०८२ फाल्गुन २३, ०५:२६ खबर संवाददाता

काठमाडौंः भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मोदीले नेपाली जनाताले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुशी लागेको बताएका छन्। उनले यस्तो ऐतिहासिक उपलब्धि नेपालको लोकतान्त्रिक यात्रामा गौरवपूर्ण क्षण भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदीले नेपाल भारतको नजिकको मित्र र छिमेकी मुलुक भएको उल्लेख गर्दै आगामी दिनमा नेपालका जनता तथा नयाँ सरकारसँग सहकार्य गर्दै साझा शान्ति, प्रगति र समृद्धिका नयाँ उचाइहरू हासिल गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।

नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।
 

कमेन्ट लोड गर्नुस