कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता विजयी
दोधारा चाँदनी: प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मतसहित विजयी भएका छन्।
सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीका अनुसार महताले १७ हजार ६७५ मतान्तरले नेपाली कांग्रेसका हरिप्रसाद बोहरालाई पछि पार्दै जीत हासिल गरेका हुन्।
मत परिणाम अनुसार बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले) का दीपकप्रकाश भट्टले ७ हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मानबहादुर सुनारले ४ हजार २८४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्णबहादुर चन्दले ३ हजार ९०२ मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा एक लाख ३ हजार ८७ मतदाता रहेकोमा ५८ हजार ३६१ मत खसेको थियो।