बाजुरामा कांग्रेस उम्मेदवार गिरीको अग्रता कायमै
बाजुरा: प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा बाजुरमा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले अग्रता लिएका छन्।
कांग्रेस उम्मेदवार गिरीले १५ हजार १८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबहादुर थापाले १४ हजार २९८ मत प्राप्त गरेका छन्। रास्वपाका हेमराज थापाले ५ हजार ४७ मत प्राप्त गरेका छन्।
बाजुरामा ८७ हजार ८६१ मतदातामध्ये ४५ हजार ३९० मत खसेको थियो। एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।