सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन प्रादेशिक अस्पतालमा नयाँ पदाधिकारी नियुक्त

२०८२ चैत्र २, ०९:१४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशअन्तर्गतका तीन अस्पतालमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। मन्त्रीस्तरको निर्णयमार्फत सेती प्रादेशिक अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल र जोगबुढा अस्पतालका अध्यक्ष तथा सदस्यहरू नियुक्त गरिएको हो।

सेती प्रादेशिक अस्पतालको अध्यक्षमा बलराम जैशी भट्ट नियुक्त भएका छन्। अस्पताल व्यवस्थापन समितिको सदस्यमा दिनेशराज भट्ट, सरिता कुमारी चौधरी र निरञ्जन शाहलाई जिम्मेवारी दिइएको छ। बाँकी तीन सदस्य भने पछि नियुक्त गरिने प्रदेश सरकारले जनाएको छ।

यस्तै, लम्कीचुहा प्रादेशिक अस्पतालको अध्यक्षमा रामबहादुर विष्ट चयन भएका छन्। उक्त अस्पतालको सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वार नियुक्त भएका छन्।

त्यसैगरी जोगबुढा अस्पतालको अध्यक्षमा कैलसिंह धामी नियुक्त भएका छन्। सदस्यका रूपमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, कमलापति जोशी, बसन्तीदेवी पाण्डे र महादेव भट्टलाई जिम्मेवारी दिइएको प्रदेश सरकारले जनाएको छ।

कमेन्ट लोड गर्नुस