सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवनिर्वाचित सांसदको शपथ: ६३ जनाले मातृभाषामा लिए शपथ

२०८२ चैत्र १२, ०२:२७ खबर संवाददाता

काठमाडौँः प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्। संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्।

शपथ ग्रहण कार्यक्रममा सांसदहरू आ–आफ्नो सांस्कृतिक पहिचान झल्किने भेषभूषामा उपस्थित भएका थिए, जसले कार्यक्रमलाई थप विविधतामय बनाएको थियो।

कमेन्ट लोड गर्नुस