सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले प्रदर्शनको क्रममा पक्राउ गरेका एक जना बैंकिङ कसुरका आरोपी

२०८२ चैत्र १५, १२:१३ खबर संवाददाता

काठमाडौँः नेपाल एमालेको शनिबारको प्रदर्शनमा पक्राउ परेका मध्ये ७ जना मध्ये एक जना बैंकिङ कसुरका आरोपी रहेको खुलेको छ।

शनिबार पक्राउ परेका ६ जनालाई छाडिएको भए पनि एकमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै हिरासतमै राखिएको  जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए।

शनिबारको प्रर्दशनमा भने ७ जना पक्राउ परेका थिए। पक्राउ परेका मध्ये विमल धमला नाम गरेका एक जनालाई भने हिरासतमै राखिएको एसपी भट्टराईले बताए।

उनका अनुसार धमला शनिबारको प्रदर्शनमा गाडी फुटाउनेमा संलग्न देखिएका थिए। यस्तै, उनीविरुद्ध दुई वटा बैंकिङ कसुरको मुद्दा  देखिएको एसपी भट्टराईले बताए। उनलाई म्याद लिएर थप अनुसन्धान अघि बढाउने प्रक्रिया प्रहरीले अघि बढाएको छ।

कमेन्ट लोड गर्नुस