ओली र लेखकलाई १० दिन थुनामा राख्न माग
काठमाडौँः जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको छ। आइतबार काठमाडौँ जिल्ला अदालतमा पहिलोपटक पेश गरिएका उनीहरूमाथि अनुसन्धानका लागि उक्त अवधि माग गरिएको हो। जेनजी आन्दोलनका क्रममा ज्यानसम्बन्धी कसुर गरेको अभियोगमा प्रहरीले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो। आइतबारको सुनुवाइमा रमेश लेखकलाई भौतिक रूपमा अदालतमा उपस्थित गराइएको थियो भने केपी शर्मा ओलीलाई भर्चुअल माध्यमबाट पेश गरिएको थियो।