बालेन सरकारको १०० बुँदे एजेन्डा ट्र्याक गर्न ‘प्रतिपक्ष डटकम’ सार्वजनिक
काठमाडौं: बालेन शाह नेतृत्वको सरकारले अघि सारेको १०० बुँदे सुधार एजेन्डाको प्रगति अनुगमन गर्न ‘Pratipakchya.com’ नामक नयाँ वेबसाइट सार्वजनिक गरिएको छ।
उक्त प्लेटफर्ममार्फत प्रत्येक प्रतिबद्धताको अवस्था ‘सम्पन्न’, ‘जारी’, ‘उल्लङ्घन गरिएको’ वा ‘बाँकी’ भनेर वर्गीकरण गरी देखाइनेछ। साथै, प्रत्येक बुँदाको समयसीमा र कति दिन बाँकी छन् भन्ने जानकारी पनि समावेश गरिएको छ।
नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध यो वेबसाइटले सरकारी कामकारबाहीमा पारदर्शिता बढाउने र सर्वसाधारणलाई सूचित गर्ने उद्देश्य राखेको बताइएको छ।
तर, वेबसाइट कसले सञ्चालन गरिरहेको हो र प्रस्तुत गरिएका तथ्यांकहरू कसरी प्रमाणीकरण गरिएका हुन् भन्ने विषयमा स्पष्टता नआउँदा केही प्रश्नहरू अझै उठिरहेका छन्।साथै, यसको ब्याकइन्डले कसरी काम गर्छ र कामको मूल्याङ्कन तथा ट्र्याकिङ कुन संयन्त्रबाट भइरहेको छ भन्ने विषय पनि गोप्य नै राखिएको छ ।