सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक युवक खैरो हेरोइनसहित पक्राउ

२०८२ चैत्र २३, ०७:३८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–९ दिपाघाटबाट खैरो हेरोइन १२० मिलिग्रामसहित शुक्लाफाँटा नगरपालिका ५ गर्जमनी बस्ने २४ वर्षीय सन्तोष साउदलाई आईतवार बेलुकी प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी भुडा, कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस