महिला तथा सामाजिक मामिला समितिको सभापतिमा डडेल्धुराकी आकृति उम्मेदवार
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समिति सभापतिका लागि आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले विभिन्न समितिका सभापतिका लागि नामहरू तय गरेको हो।
बैठकले सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ। यस निर्णयसँगै उक्त समितिको सभापतिमा नेपाली काँग्रेस भरतबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन्।
रास्वपाले महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीलाई उम्मेदवार बनाएको छ। अवस्थी डडेल्धुराबाट समानुपातिक सांसद हुन्।
यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन, संसदीय सुनुवाइ समितिमा वोधनारायण श्रेष्ठलाई उम्मेदवार बनाइएको छ।
यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्की, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारीलाई सभापतिको उम्मेदवार तय गरिएको छ।