डोटीको एक घरमा आगलागी
२०८३ वैशाख २६, ०७:५९
डोटीः डोटीको एक घरमा आगलागी भएको छ।
दिपायल सिलगढी नगरपालिका–१ तिखा बस्ने रत्ना देवी नेपालीको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी भएको हो। आगलागी हुदाँ करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस