सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

२०८३ जेठ ५, ०९:०० खबर संवाददाता

काठमाडौँः प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। 

बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची छ। सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो। गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिने जनाइएको छ। यसैगरी राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३ः१५ बजे बस्दैछ। 

कमेन्ट लोड गर्नुस