धनगढीको शिवपुरी धाममा तीज महोत्सव हुने
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वरम ज्योती लिङ्ग धाममा तीज महोत्सव हुने भएको छ। शिवपुरी धाम र हाम्रो संस्कृती, हाम्रो पहिचान नेपालको संयुक्त आयोजनामा तीज महोत्सव हुने भएको हो।
विगत देखि नै तीजको अवसरमा कार्यक्रम गरिदै आएको भएपनि यस वर्ष भने तीजको अवसरमा १६ र १७ गते दुई दिने महोत्सव नै आयोजना गरिन लागिएको शिवपुरी धामका सचिव सिद्धराज पनेरुले बताए।
तीज महोत्सवका लागि गीता मल्लको संयोजकत्वमा ६ सदस्यीय समिति चयन पनि गठन गरिएको छ। समितिको सदस्यमा मेघा भट्ट, सरस्वती चैसिर, वालिकादेवी कुवँर, लक्ष्मी शाही र शान्ति ओझा रहेकी छिन।