कैलालीबाट चार जना फरार प्रतिबादी पक्राउ
धनगढीः कैलालीबाट चार जना फरार प्रतिबादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय तोकिएको मोहन्याल गाउँपालिका–३ बस्ने दिपेन्द्रबहादुर बटला, वन मुद्दामा १५ दिन कैद सजाय र ३६ हजार ७१५ जरिवाना तोकिएको बर्दगोरिया गाउँपालिका–६ बस्ने कालु भुल, वन मुद्दामै ६ महिना कैद सजाय र ६० हजार ६२४ जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–४ बस्ने भुवन रतौली र आत्महत्या दुरुत्साहन मुद्दामा २३ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–१ भगरैया बस्ने भुपेन्द्र चौधरी रहेका छन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जना प्रतिवादीहरुलाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
१.