सुदूर नेपाललाई विश्वसँग जोड्दै

हस्ताक्षर फिर्तासँगै मुख्यमन्त्री शाहको पद तत्काललाई सुरक्षित

२०८३ जेठ १९, ०५:१२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि सुरक्षित भएको छ। उनीविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एक सांसदले समर्थन फिर्ता लिएपछि प्रस्ताव कमजोर बनेको हो।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नौ सांसदमध्ये प्रदेशसभा सदस्य डम्मरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिएकी छन्। उनले काँग्रेसभित्रको एकता कायम राख्नु र प्रदेशको बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने भएकाले हस्ताक्षर फिर्ता लिएको बताएकी छन्।

महराको निर्णयसँगै मुख्यमन्त्री शाहविरुद्धको अविश्वास प्रस्तावमा समर्थक सांसदको संख्या घटेको छ, जसले तत्कालका लागि शाहको पद जोगिएको छ।

यसअघि नेपाली काँग्रेसका बहुमत सांसदले शाहलाई संसदीय दलको नेताबाट हटाउन मंगलबार अविश्वास प्रस्ताव दर्ता गरेका थिए। प्रदेशसभा सदस्य दिवानसिंह विष्टको नेतृत्वमा उक्त प्रस्ताव काँग्रेस संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो।

काँग्रेसभित्र नेतृत्व परिवर्तनको विषयमा देखिएको विवादका बीच एक सांसदले हस्ताक्षर फिर्ता लिएपछि दलभित्रको शक्ति सन्तुलनमा नयाँ मोड आएको छ।

कमेन्ट लोड गर्नुस