सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

२०८३ असार ४, ०७:२४ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

कैलालीको घोडाघोडी नगरपालिका–७ कृतिपुर स्थित सुखड भजनी खडक खण्डबाट अवैध लागूऔषध खैरो हिरोइन २ ग्राम ५८० मिलिग्रामसहित ३ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने २९ वर्षीय खेमराज मल्ल, २९ वर्षीय बालाराम पोख्रेल र १६ वर्षीय किशोर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–०८ प २८८८ नम्बरको मोटरसाइकलमा सवार तिनै जनालाई चेकजाँच गर्दा उक्त पदार्थ, मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस