सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैदिन तोलामा १० हजार ५०० रुपैयाँ घट्यो सुन

२०८३ असार ५, ०२:३९ खबर संवाददाता

धनगढी: नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १० हजार ५०० रुपैयाँले घटेर २ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुन यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३०५ रुपैयाँले घटेर ४ हजार ६४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार १२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस