बाजुरामा गाँजा र चरेशसहित एक युवक पक्राउ
२०८३ असार ८, १०:३३
बाजुराः बाजुरामा चरेशसहित एक युवक पक्राउ परेका छन्।
बाजुराको बडिमालिका नगरपालिका–९ अस्पताल लाईनबाट गौमुल गाउँपालिका–४ बस्ने २४ वर्षीय पुरन रोकायालाई ७ ग्राम ४३० मिलिग्राम चरेश र ४० ग्राम १९० मिलिग्राम गाँजासहित आईतबार राति प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले रोकायालाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि पक्राउ गरेको बताएको छ।
कमेन्ट लोड गर्नुस