बैङकिङ र जारी मुद्दामा फरार कैलाली र बैतडीका २ जना पक्राउ
धनगढीः बैङकिङ र जारी मुद्दामा फरार कैलाली र बैतडीका २ जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले बैङकिङ कसुर मुद्दामा २ दिन कैद सजाय र १५ जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–५ बस्ने ४३ वर्षीय कृष्ण चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले वुधबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो।
यस्तै जिल्ला अदालत बैतडीको फैसलाले जारी मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको दोगडाकेदार गाउँपालिका–१ बस्ने ६५ वर्षीय अजुवा भण्डारीलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले वुधबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो।