सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका प्रि-स्कुल अपेनमा आबद्ध 

२०८३ साउन २, ०१:०७ खबर संवाददाता

धनगढीः एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स (अपेन) सुदूरपश्चिमले सदस्यता विस्तार अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ।

प्रदेश अध्यक्ष मोहनराज ओझाको नेतृत्वमा सञ्चालन गरिएको अभियानअन्तर्गत धनगढीका सबै मन्टेसरी, प्रि-स्कुल तथा प्रारम्भिक विद्यालयहरू अपेनसँग आबद्ध भएका छन्।

यस अभियानले प्रारम्भिक बालशिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूलाई एउटै साझा मञ्चमा ल्याउँदै गुणस्तरीय शिक्षा, शिक्षक क्षमता विकास, तालिम, अनुभव आदानप्रदान तथा संस्थागत हकहितका विषयमा सहकार्य गर्ने वातावरण सिर्जना गरेको अपेन सुदूरपश्चिमले जनाएको छ।

प्रदेश अध्यक्ष मोहनराज ओझाले प्रारम्भिक बालशिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालयबीचको समन्वय र पेशागत सशक्तीकरणका लागि अपेन सुदूरपश्चिमले आगामी दिनमा पनि प्रदेशभर सदस्यता विस्तार तथा विभिन्न कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

कमेन्ट लोड गर्नुस