सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट उद्घाटन

२०८३ असोज २३, ०७:२५ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ अभियानअन्तर्गत वडा नम्बर ६ स्थित मट्यारी चोकमा हाइमास लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ।

‘एक वडा, एक व्यावसायिक केन्द्र’ कार्यक्रमलाई समेत ध्यानमा राखेर जडान गरिएको ३८औं हाइमास लाइटको वडा सदस्य महेन्द्रबहादुर थापा मगरले उद्घाटन गरेका हुन्। उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा हाइमास लाइट जडान गर्दै आएको छ।

मट्यारी चोकमा लाइट सञ्चालनमा आएसँगै रातिको समयमा आवागमन सहज हुनुका साथै सार्वजनिक गतिविधि र व्यापारिक चहलपहलमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। नगरका विभिन्न क्षेत्रलाई उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘उज्यालो धनगढी’ अभियानलाई उपमहानगरपालिकाले निरन्तरता दिइरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस