सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालिकामाथि दुष्कर्म गरेको अभियोगमा एक युवक पक्राउ  

२०८३ साउन ९, ०८:१४ खबर संवाददाता

धनगढीः कैलालीमा नेपाल प्रहरीले बालिकामाथि बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार दिउँसो एक १३ वर्षीया वालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले जोशीपुर गाउँपालिका-३ लक्कड बस्ने २० वर्षीय अन्नु कठरियालाई गरेको हो। कठरियाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस