कैलालीकी युवती दुबईबाट नेपाल आउँदा विमानस्थलमै पक्राउ
२०८३ साउन १३, ०७:४५
दुबईबाट नेपाल आउँदै गरेकी कैलालीकि एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला घर भएकी निर्मला साउद छिन्। उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए।
अध्यागमनको विद्युतीय प्रणालीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस