सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

२०८३ साउन १३, ०७:५४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्ने नारासहित हस्ताक्षर अभियान सुरु गरिएको छ।

धनगढी-५ को एक्सिस चोकमा स्थानीयवासीले स्वतःस्फूर्त रूपमा राजतन्त्रको पक्षमा हस्ताक्षर अभियान थालेका हुन्। अभियानको नेतृत्व अखण्ड सुदूरपश्चिमका अभियन्ता तथा नेपाली कांग्रेसका युवा नेता गोपाल देउवासहितको टोलीले गरेको जनाएको छ।

बुधबारदेखि सुरु गरिएको अभियान कसैको विरोधमा नभई देशमा बलियो राष्ट्रिय एकता र स्थायित्व कायम गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियन्ता देउवाले बताए। अभियानका आयोजकहरूले विभिन्न स्थानमा पुगेर हस्ताक्षर संकलनलाई निरन्तरता दिने बताएका छन्।

कमेन्ट लोड गर्नुस