सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुबस होटल पछाडि डेरामा बस्दै आएकी मनिषा खाती तीन दिनदेखि बेपत्ता

२०८३ साउन ३१, ०३:०८ खबर संवाददाता

धनगढी: बजाङ घर भई हाल रुबस होटल पछाडि डेरामा बस्दै आएकी मनिषा खाती तीन दिनदेखि बेपत्ता भएकी छन्। उनी शुक्रबार साथीसँग बाहिर निस्किएपछि परिवारको सम्पर्कमा नआएकी हुन्।

मनिषाका आमा–बुवा हाल भारतमा रहेका छन्। उनी यहाँ दाइ र दिदीसँग रुबस होटल पछाडि डेरामा बस्दै आएकी थिइन्।

शुक्रबार साथीसँग बाहिर निस्किएकी मनिषा लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको जनाएको छ। उनकी दिदी गौरी खातीले मनिषाको खोजीका लागि सबैसँग सहयोगको अपिल गरेकी छन्।

परिवारका अनुसार मनिषाबारे कुनै जानकारी प्राप्त भएमा उनकी दिदी गौरी खाती वा परिवारका सदस्यलाई जानकारी गराउन अनुरोध गरिएको छ।

मनिषालाई देख्नुभएका वा उनको अवस्थाबारे कुनै जानकारी पाउनुभएका व्यक्तिले तत्काल परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ।
सम्पर्क नं: 9744967516 9865876437
 

कमेन्ट लोड गर्नुस