रुकुम पश्चिममा माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ।
दुर्घटनामा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीको मृत्यु भएको हो। उनीहरू शौचालय जानका लागि गाडीबाट ओर्लिने क्रममा विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका आमा–छोरीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। उपचारका क्रममा आइतबार बिहान करिब ९ः३० बजे दुवै जनाको मृत्यु भएको हो।
दुर्घटनाको कारण र घटनाको विस्तृत विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।