सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिशूली-१ को सुरुङबाट ११ शव निकालिए

२०८३ असोज ३, ०३:०२ खबर संवाददाता

काठमाडौँः रसुवाको भोटेकोसीमा भदौ १० मा आएको बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारको खोजीका क्रममा अडिट–३ सुरुङबाट ११ शव निकालिएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा ती शव फेला परेका हुन् ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले शनिबार ती शव बाहिर निकालेको हो । बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढाइनेछ । 

बाढीपछि आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए । उनीहरूको खोजीका लागि सुरुङ तथा आयोजनास्थलमा उद्धार टोली परिचालन गरिएको छ ।

प्रवक्ता बस्नेतका अनुसार सम्पर्कविहीन अन्य व्यक्तिको खोजी कार्य जारी छ ।

कमेन्ट लोड गर्नुस