डडेल्धुरा अस्पतालको अध्यक्षमा पाण्डे नियुक्त
२०८३ असोज १६, १२:१३
धनगढीः डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो। पाण्डेले शुक्रबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
मन्त्रालयले भदौ १ गते आवेदन आह्वान गरेपछि अध्यक्ष पदका लागि २० जना र सदस्य पदका लागि १४ जनाले आवेदन दिएका थिए।
कमेन्ट लोड गर्नुस