सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा केन्द्रीय समिति बैठक आज

२०८३ असोज १७, १०:४२ रासस

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज अपराह्न वनस्थलीस्थित घन्टीघरमा हुँदैछ ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनलगायत विषयमा छलफल हुने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हुने बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान र मधेस प्रदेश सङ्गठनको ‘अडिट’ प्रतिवेदनमा पनि छलफल हुने जनाइएको छ ।
 

कमेन्ट लोड गर्नुस