सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसियाली खेलकुदका पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार दिइने

२०८३ असोज २३, ०४:५२ खबर संवाददाता

काठमाण्डाैँः मन्त्रिपरिषद् बैठकले जापानको आईची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराँतेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोपी बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ।

त्यसैगरी, बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

बैठकले नेपाल न्याय सेवा, सरकारी समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।
 

कमेन्ट लोड गर्नुस