सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

२०८३ असोज २३, ०७:४७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त भएका छन्। मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिष्टलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्य न्यायाधिवक्ता बिष्टले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।

विष्ट उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास बार एसोसिएसनअन्तर्गत २४ वर्षदेखि अधिवक्ताका रूपमा वकालत गर्दै आएका थिए।

यसअघि मुख्य न्यायाधिवक्ता रहेका ठेकन्द्रराज जोशीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

कमेन्ट लोड गर्नुस