धनगढीबाट ६ जना जुवाडे पक्राउ
२०८३ असोज २५, ०७:३८
धनगढीः धनगढीबाट ६ जना जुवाडे पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी बस्ने ५५ वर्षीय धनबहादुर सिंहको घरमा जुवातास भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा सिंहसहित ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगद ८१ हजार तीन सय पैचालिस र ३ गड्डी ताससहित पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस