सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वराजाले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाउने

२०८३ असोज २५, ०७:४९ खबर संवाददाता

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन्।

उनको संवाद सचिवालय निर्मल निवासले आइतबार सूचना जारी गर्दै पूर्वराजा शाहले यस वर्षको वडा दसैँ पर्व सादगीपूर्वक मनाउने निर्णय गरेको जनाएको छ। गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन भएको र ठूलो जनधनको क्षति भएकाले यस वर्ष दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको सूचनामा उल्लेख छ। सचिवालयको सूचनामार्फत यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको जानकारी गराएको हो।

कमेन्ट लोड गर्नुस