सुदूरपश्चिमका एमाले सांसद थापाले दिए राजीनामा, बजेटप्रति थिए असन्तुष्ट
धनगढीः सुदूरपश्चिम प्रदेशसभाका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
पूर्वमन्त्रीसमेत रगेका उनले सभामुखसमक्ष राजीनामा बुझाएका हुन्। तर, उनको राजीनामा स्वीकृत भइसकेको छैन। बजेटप्रति असन्तुष्ट रहेका थापाले राजीनामा दिएको स्रोतले जनाएको छ। उनको राजीनामा स्वीकृत नगर्न केन्द्रका नेताहरूले दबाब दिइरहेको बताइएको छ।
मंगलबार प्रदेशसभाबाट बजेट पारित हुनुअघि भएको छलफलमा थापाले बोल्न चाहेका थिए। त्यसका लागि उनले एमाले संसदीय दलका नेता राजेन्द्र रावलसँग समय मागेका थिए। तर, रावलले उनलाई बोल्न समय उपलब्ध गराउन तयार नभएको बताइएको छ। सुदूरपश्चिम प्रदेशसभाबाट मंगलबार चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसकेको छ।