कांग्रेसको केन्द्रीय सदस्यमा भुवनराज भट्ट विजयी
धनगढी: नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा इन्जिनियर भुवनराज भट्ट विजयी भएका छन्। सुदूरपश्चिमबाट युवा समूहको केन्द्रीय सदस्यतर्फ भट्ट विजयी भएका हुन्।
अन्तिम मतपरिणामअनुसार भट्टले ३५२९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी योगेन्द्र रावलले ८९८ मत प्राप्त गर्दा सन्तोष खड्का ८१८ मतसहित तेस्रो भएका छन्।
त्यस्तै, डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशी भने पनि सोही समूहतर्फ पराजित भएका छन्। मेयर जोशीले ७४० मत प्राप्त गरेका छन् भने धिरज शाहीले ६६० मत पाएका छन्।