सुदूर नेपाललाई विश्वसँग जोड्दै

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती

२०८३ कार्तिक २, ११:३६ रासस

बागलुङ : बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले वार्षिक नौ लाख आम्दानी गर्दै आएको छ ।

काठेखोला गाउँपालिका–३ धम्जाबाट बजार झरेका कला र गणेश छन्त्यालले बागलुङ नगरपालिका–१ रामरेखामा पाँच रोपनी जग्गा भाडामा लिएर छ वर्षदेखि मौसमी तथा बेमौसमी सागसब्जी खेती गर्दै आएका छन् । उनिहरूले जग्गाको वार्षिक ६० हजार भाडा तिर्दै आउनुभएको छ ।
भारतीय सेनाबाट अवकाश लिएपछि गणेशले श्रीमती कलासँग मिलेर कृषि कर्म सुरु गरे । उनिहरूको ‘छन्त्याल कृषि फर्म’मा पाँचवटा प्लास्टिक टनेल निर्माण गरी काउली, ब्रोकाउली, बन्दा र गोलभेँडालगायत सागसब्जी उत्पादन हुँदै आएको छ । फर्ममा सागसब्जीका बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरिएको छ ।

सागसब्जी बिक्रीबाट वार्षिक नौ लाख आम्दानी हुने गरेको कला छन्त्यालले बताए । हाल फर्ममा ‘सरिता’ जातको टमाटरसहित विभिन्न मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन भइरहेको छ । विशेषगरी कौसी खेतीका लागि काउली, बन्दा र प्याजका बिरुवा उत्पादन गरी बिक्री गर्दा राम्रो आम्दानी हुने उनले बताए ।
 

कमेन्ट लोड गर्नुस