सुदूर नेपाललाई विश्वसँग जोड्दै

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला

२०८३ कार्तिक २, ११:५१ रासस

सुनसरी :सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन् ।

बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो । 
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस