सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

२०८३ कार्तिक १३, १२:३९ रासस

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाले वाल्मीकि विद्यापीठलाई २० लाख आर्थिक सहयोग गरेको छ ।
  
महानगरपालिका शिक्षा विभागले संस्कृत शिक्षा प्रवर्द्धन शीर्षकअन्तर्गत नेपाल संस्कृत विश्वविद्यालयको उक्त विद्यापीठलाई फर्निचर तथा पुस्तकालय विकास अनुदान कार्यक्रमका लागि २० लाख सहयोग गरेको हो ।
 
महानगरपालिका शिक्षा विभागका प्रमुख नमराज ढकालले सो रकम वाल्मीकि विद्यापीठका प्राचार्य अच्युत लामिछानेलाई हस्तान्तरण गरे ।
  
विद्यापीठका नाममा निकासा भएको रकम लक्षित उद्देश्यअनुरूप कार्य अघि बढाउन खर्च गरिने प्राचार्य लामिछानेले राससलाई जानकारी दिए । 

महानगरपालिकाले संस्कृत शिक्षा प्रवर्द्धनका लागि आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएकोसमेत उनले सुनाए।
 

कमेन्ट लोड गर्नुस