सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच विदेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

२०८३ कार्तिक १७, ०९:३८ खबर संवाददाता

काठमाडौँ: काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच विदेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गण हेडक्वार्टरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई सोमबार साँझ काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका पाँचै जना विदेशी नागरिकलाई आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ। नियन्त्रणमा पर्नेहरूमा बङ्गलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बङ्गलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन्।

कमेन्ट लोड गर्नुस