डडेल्धुरामा १५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ
२०८३ कार्तिक २०, ०७:२३
डडेल्धुराः डडेल्धुरामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डडेल्धुराको पर्शुराम नगरपालिका–१२ खजुरानी बस्ने ३० वर्षीय योगेन्द्र बोहोरा रहेका छन्। बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुडा, डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई बिहिबार बेलुकी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस